प्रदेश ५ सरकारले संक्रमण न्यूनिकरणका लागी सीमा ब्यबस्थापन कडा गर्ने

August 11, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

प्रदेश नं.५ सरकारले कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रकोे बैठकले लकडाउन खुले सँगै प्रदेश ५ पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले नेपाल भारत बीचमा तोकिएका सीमा नाका बाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थडेस्क राखी चेकजाँचको व्यवस्था गर्ने निर्णय भएको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार शेर बहादुर केसीले जानकारी दिनु भयो ।

यस्तै संक्रमण जोखिमको अवस्था हेरी समुदायमा संक्रमण देखिएमा सिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।